Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

डेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक, ८५ मुलुकमा फैलियो

$
0
0

काठमाडाैं, १३ असार । विश्व स्वास्थ्य संगठनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खोप लगाएकालाई पनि संक्रमित गर्न थालेको भन्दै चेतावनी दिएको छ । संगठनल डेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक रहेको भन्दै कोरोनाविरुद्ध खोप लगाइसकेकाहरुमा पनि सङ्क्रमण गराउन थालेको बताएको छ ।

संगठनका प्रमुख डा. एड्हनोम घेबे्रयससले हालसम्म डेल्टाको नयाँ म्यूटेशन विश्वका ८५ मुलुकमा फेला परिसकेको र खोप लगाएकाहरुलाई पनि संक्रमित गर्न थालेको बताएका छन् । उनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको म्यूटेशन बढी खतरनाक रहेको र यसले विश्वलाई फेरि खतरा तर्फ लिएर जाने भएको सबैलाई सतर्क र सावधान रहन आग्रह गरे ।

डा.टड्रोसले डेल्टाको नयाँ म्यूटेशनले विस्तारै विश्वलाई आफ्नो चपेटामा लिन थालेको र जहाँ जहाँ जन स्वास्थ्यका मापदण्ड खुकुलो बनाइएको छ त्यहाँ त्यहाँ संक्रमणले तिव्रता लिन थालेको हुँदा हामीले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने उल्लेख गरे ।

The post डेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक, ८५ मुलुकमा फैलियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles