काठमाडौं, १२ असार । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६ जना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार ९ हजार ८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त भएका छन् ।
यससँगै कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर विधी) र ३१ हजार ५३१ (एन्टिजेन विधी) जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ३० जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाको मृत्यु भएको छ । कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
The post कोरोना अपडेट : २०१६ जनामा संक्रमण पुष्टि, निको हुने दर ९१.९ प्रतिशत appeared first on Sajha Post.