काठमाडौं, ५ जेठ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा काठमाडौंका १ हजार ९८८, ललितपुरका २७० र भक्तपुरका २२८ गरी उपत्यकामा जम्मा दुई हजार ४८६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा थपिएको कोरोना संक्रमितको यो संख्या मंगलबारको भन्दा १४९ कम हो ।
The post मंगलबारको तुलनामा बुधबार उपत्यकामा कोरोना संक्रमित घटे appeared first on Sajha Post.