काठमाडौं, ५ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी जम्मा ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९८९ रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ८५४ क्वारेन्टाइनमा रहेका छन् ।
The post ८ हजार १७३ संक्रमित थपिए, ७ हजार ९८९ निको भए appeared first on Sajha Post.