Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना अपडेट : थप ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि

$
0
0

काठमाडाैं, ३० वैशाख ।  नेपालमा बिहीबार थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १९ हजार ४ सय ७४ पिसिआर र ७७१ एन्टीजेन परिक्षणका क्रममा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ ।

त्यस्तै थप २१४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हालसम्म चार हजार चार सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप पाँच हजार ५५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा तीन लाख २१ हजार ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा एक लाख पाँच हजार दुई सय सात सक्रिय संक्रमित आइशोलेशनमा र ४९७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख १२ हजार ५६२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

The post कोरोना अपडेट : थप ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles