Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोभिड-१९ बाट एकैदिन १६८ संक्रमितको मृत्यु, ४ हजार भन्दा बढी निको भए

$
0
0

काठमाडौं, २९ वैशाख । बितेको एक दिनमा नेपालमा कोरोना संक्रमणबाट १६८ जनाको मृत्यु पुष्टि भएको छ।

योसहित हालसम्म कोरोनाबाट ४ हजार २५२ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बुधबार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ संक्रमित थपिएका छन्। आज थपिएकासहित सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ । यस अवधिमा २० हजार ३६२ जनाको पिसिआर परीक्षण र ४२४ जनाको एन्टिजेन परीक्षण भएको थियो।

गएको २४ घण्टामा चार हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

The post कोभिड-१९ बाट एकैदिन १६८ संक्रमितको मृत्यु, ४ हजार भन्दा बढी निको भए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles