काठमाडौँ, २८ वैशाख । चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । चीनले सहयोग गरेको ३५ सय अक्सिजन सिलिन्डरमध्ये पहिलो लटमा चीनबाट चारसय अक्सिजन सिलिन्डर र १० ओटा भ्यान्टिलेटर नेपाल आइपुगेको हो ।
नेपाल एयरलाइन्सको वाइडबडी विमानले उक्त सामग्री मंगलबार दिउँसो काठमाडौं ल्याइपुर्याएको छ । चिनियाँ कम्पनी होन्सी शिवम सिमेन्टले सहयोग गरेको १७० अक्सिजन कन्सनट्रेटर पनि यही उडानबाट काठमाडौं आइपुगेको छ ।
चीनका परराष्ट्र मन्त्री वाङ यीले अप्रिल २७ मा चीनसहित दक्षिण एसियाका अन्य ५ मुलुकसँग भएको बैठकमा नेपाललाई ५० लाख युआन बराबरको सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । काठमाडौंस्थित चिनियाँ राजदूताबासका अनुसार परराष्ट्रमन्त्री यीको सोही प्रतिबद्धता अनुसार पहिलो लटको सामग्री आएको हो ।
The post चीनबाट आइपुग्यो ३५ सयमध्ये ४ सय अक्सिजन सिलिन्डर appeared first on Sajha Post.