काठमाडौँ, २८ वैशाख । सरकारले चिनियाँ खोपको दोस्रो डोज जेठदेखि उपलब्ध गराउने भएको छ । काेराेना भाइरसविरूद्ध पहिलाे मात्राकाे भेरोसेलको खाेप लगाएकाले काठमाडौं उपत्यकामा दोस्रो डोज जेठदेखि लगाउन पाउने भएका हुन् ।
दोस्रो चरणको कोभिड–१९ विरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा जेठ २ गतेदेखि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप लगाउनेबारे सूचना सार्वजनिक गरेको छ । सूचनाका अनुसार खोप काठमाडौं महानगरपालिका, किर्तिपुर,चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा लगाइनेछ ।
यो खाेप १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरूलाई लगाइने सूचनामा उल्लेख छ ।
The post चिनियाँ खोपको दोस्रो मात्र लगाउन चाहनुहुन्छ ? यी हुन् खोप पाइने स्थान र समय appeared first on Sajha Post.