Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

३० नाघ्यो ५०० भन्दा बढी संक्रमित हुने जिल्ला, निको हुने रद ७५.५ प्रतिशत

$
0
0

काठमाडौँ, २८ वैशाख । नेपालमा पाँच सयभन्दा भन्दा बढी सङ्क्रमण भएका जिल्लाको संख्या ३० पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी –बर्दघाट सुस्तापश्चिम), सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।

त्यस्तै, २०० भन्दामाथि उपचारा्थ संक्रमितहरुका भएका जिल्लाको संख्या १८ पुगेको छ । यी जिल्लाहरुमा सर्लाही, सिराहा, सप्तरी, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, पर्वत, तनहुँ, म्याग्दी, स्याङ्जा, लमजुङ र बागलुङ रहेका छन् । त्यस्तै, अन्य जिल्लाहरुमा अर्घाखाँची, गुल्मी, दैलेख, डडेलधुरा, डोटी र अछाम रहेका छन् ।

आज देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ सङ्क्रमित पुष्टि भएको हो ।
आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ सङ्क्रमित छन् ।

यस्तै सङ्क्रमित निको भई पाँच हजार २२५ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।

आज सङ्क्रमणबाट २२५ को निधन भएको छ । आज निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा आज निधन हुनेको संख्या त्यति पुगेको हो ।
आज निधन हुनेसंँगै नेपालमा अहिलेसम्म चार हजार ८४ कोरोनाबाट बितेका छन् ।

सङ्क्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा १२७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूररपश्चिममा २४ जना आइसियुमा छन् ।

यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।

The post ३० नाघ्यो ५०० भन्दा बढी संक्रमित हुने जिल्ला, निको हुने रद ७५.५ प्रतिशत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles