काठमाडौं, २८ चैत । विश्व स्वास्थ्य संठन डब्ल्यूएचओले धनी र गरिब देशबिच कोरोना भाइरसविरुद्धको खोप वितरणप्रति असन्तुष्टि जनाएको छ ।
खोप वितरणमा गम्भीर असमानता रहेको र अस्वीकार्य रहेको डब्लुएचओका प्रमुखले बताएका छन् । विश्वका सबै देशमा खोप अभियान सुरु गर्ने लक्ष्य पूरा नभएको डब्ल्यूएचओका प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् ।
डब्लुएचओले लगातार कोरोना भाइरसविरुद्धको खोपको समतामुलक वितरणमा लागि आवाज उठाउँदै आएको छ । डब्ल्यूएचओले खोपको समान वितरणका लागि सुरु गरिएको कोभ्याक्स अभियानको नेतृत्व गर्दै आएको छ ।
The post कोरोना खोप वितरणप्रति डब्ल्यूएचओ असन्तुष्ट appeared first on Sajha Post.