Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नयाँ प्रजातिको कोरोनाका लक्षण पनि नयाँ, यी लक्षण देखिए सावधान हुनुहोस्

$
0
0

काठमाडौं, २८ चैत । कोरोना भाइरसको नयाँ प्रजाति (new variant) देखिएसँगै विश्वभर संक्रमितको दर ह्वात्तै बढेको छ । खोकी, ज्वरोसहित जिब्रो एवं नाकको क्षमतामा ह्रास आउने कोभिड-१९ का सामान्य लक्षण हुन् ।

तर नयाँ प्रजातिबाट संक्रमित हुने दर बढेसँगै नयाँ खालका लक्षण पनि देखिन थालेका छन् । नयाँ प्रजातिको कोरोना भाइरसका लक्षणहरु पुरानो भाइरसका भन्दा केही फरक छन् ।

कोरोना भाइरसको नयाँ प्रजातिले मानव शरीरमा विभिन्न तरिकाले आक्रमण गर्छ । यो प्रजाति निकै संक्रामक छ  । फोक्सोसहित श्वासप्रश्वास प्रणालीमा सजिलै फैलिन सक्छ । यही भएर संक्रमित मानिसमा निमोनिया हुन्छ । यही भएर नयाँ प्रजाति झन घातक भइरहेको छ ।

विशेषगरी नयाँ प्रजातिको कोरोना भाइरसबाट संक्रमित मानिसमा पुराना लक्षणसँगै निम्न लक्षण समेत देखिन्छन्:

१. आँखा हल्का रातो हुने: नयाँ कोरोना भाइरसलाई केन्द्रमा राखेर चीनमा हालै गरिएको एक अध्ययनले संक्रमित मानिसमा विशेष प्रकारको लक्षण पहिचान गरेको छ । अध्ययन अनुसार नयाँ भाइरसबाट संक्रमित मानिसका आँखा हल्का रातो वा गुलाबी हुन्छन् । साथै, संक्रमितको आँखा फुल्ने र आँखाबाट पानी आउने गर्छ ।

२. कानसम्बन्धी समस्या पुन: सुरु हुने : इन्टरनेशनल जर्नल अफ अडियोलोजीमा प्रकाशित एक प्रतिवेदनका अनुसार कोभिड-१९ को नयाँ प्रजातिका कारण कानसम्बन्धी समस्या पुन: देखिन सक्छ । उक्त प्रतिवेदनले ५६ प्रतिशत संक्रमितमा यस्तो समस्या आउने देखाउँछ ।

३. पेटसम्बन्धी समस्या देखिने: कोरोना भाइरसको नयाँ प्रजातिको शिकार बनेका मानिसमा पेटसम्बन्धी समस्या समेत देखिने अनुसन्धानकर्ताले बताएका छन् । यसअघिको प्रजातिबाट संक्रमित मानिसमा केबल श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका थिए । तर नयाँ प्रजातिबाट संक्रमितमा पेटसम्बन्धी समस्या पनि थपिने गर्छ र संक्रमित मानिसलाई पखाला लाग्ने, उल्टी हुने, पेट दुख्ने र पाचन प्रणालीमा गडबडी हुन्छ ।

४. स्नायुसम्बन्धी समस्या: नयाँ प्रजातिका कारण मानिसमा स्नायुसम्बन्धी समस्या समेत देखिन थालेको छ । मेडआरएक्सआईभीको एक प्रतिवेदनका अनुसार लामो समयसम्म कोरोनाबाट संक्रमित हुने मानिसमा ब्रेन फग अर्थात् मानसिक द्धिविधा देखिन्छ । यस प्रकारको समस्याले संक्रमित मानिसको निन्द्रा र स्मरणशक्तिमा समेत प्रभाव पर्छ ।

५. मुटुको धडकन असामान्य हुने: यदि मुटुको गति केही समयदेखि असामान्य भइरहेको छ भने यसलाई नजरअन्दाज गर्नु हुँदैन । किनभने संक्रमणपछि मुटुको धडकन निकै बढ्ने मेयो क्लिनिकको एक प्रतिवेदनले देखाउँछ । त्यस्तै जेएएमएमा प्रकाशित एक प्रतिवेदन अनुसार संक्रमणमुक्त भएपछि समेत ७८ प्रतिशत मानिसमा मुटुसम्बन्धी समस्या देखिन सक्छ । साथै, ६० प्रतिशत मानिसमा  मुटुको मांशपेशी दुख्ने/पोल्ने गर्छ ।

पुराना र नयाँ लक्षणमा कति फरक छ ?

गत वर्षको सुरुमा देखिएको कोरोना भाइरस र नयाँ प्रजातिका लक्षणबीच केही फरक छ । पुरानो प्रजातिबाट संक्रमित मानिसमा सुख्खा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने समस्या बढी देखिएका थिए ।

इटलीका चिकित्सकले गरेको एक अध्ययनबाट कोरोनाको पहिलो प्रजातिबाट संक्रमित अधिकांश मानिसको स्वाद र गन्ध लिने क्षमता गुमेको वा ह्रास भएको पाइएको थियो । त्यस्तै, संक्रमितका खुट्टा तथा औंला सुनिने, छालाको रङ्ग परिवर्तन हुने, नाकबाट पानी बग्ने, हाछ्यु आउने, घाँटी खसखस हुने र बेचैनी वा छटपटी हुने जस्ता लक्षण पाइएको थियो ।

The post नयाँ प्रजातिको कोरोनाका लक्षण पनि नयाँ, यी लक्षण देखिए सावधान हुनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles