एजेन्सी, ५ चैत । भारतमा ९६ दशमलव ४१ प्रतिशत कोरोना सङ्क्रमित निको भएका छन् । आज १७ हजार ९ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको र १७ हजार ७ सय ४१ जना निको भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यससँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या १ करोड १४ लाख ७४ हजार ६ सय ५ पुगेको छ । तीमध्ये १ करोड १० लाख ६३ हजारभन्दा बढी निको भइसकेका छन् ।
सक्रिय सङ्क्रमितको सङ्ख्या २ लाख ५२ हजार ३ सय ६४ छ । पछिल्लो २४ घण्टामा कोरोनाले १ सय ७२ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या १ लाख ५९ हजार २ सय १६ पुगेको छ ।
The post भारतमा ९६.४१ प्रतिशत कोरोना सङ्क्रमित निको भए appeared first on Sajha Post.