काठमाडाैं, ३ चैत । नेपालमा मंगलबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । त्यस्तै थप ९४ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा २ लाख ७१ हजार ४९५ संक्रमित निको भएका छन् ।
गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हाल नेपालमा ९१५ जना आइशोलेशन र ५१ जना क्वारेन्टाइनमा छन् भने २२ लाख २१ हजार ५१२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
The post मंगलबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, ९४ जना निको भए appeared first on Sajha Post.