Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

विश्वमा कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो

$
0
0

एजेन्सी, ३ चैत ।  विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १२ करोड नाघेको छ । वल्र्डो मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा ३ लाख ३६ हजार २ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १२ करोड ७ लाख ६६ हजार १९ पुगेको छ । यस्तै गत २४ घन्टामा कोरोना भाइरसका कारण विश्वभर थप ६ हजार ३ सय ३० जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २६ लाख ७१ हजार ७ सय ७६ पुगेको छ । यो दर कुल सङ्क्रमितको ३ प्रतिशत हो । हालसम्म विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ९ करोड ७४ लाख ८ हजार ८६ जना स्वस्थ भएका छन् । यो दर कुल सङ्क्रमितको ९७ प्रतिशत हो । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ६ लाख ८६ हजार १ सय ५७ रहेको छ ।

The post विश्वमा कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles