काठमाडाैं, २७ फागुन । नेपालमा बिहीबार थप ९७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ । त्यस्तै थप ६६ जना कोरानामुक्त हुँदा हाल सम्म दुई लाख २१ हजार ११६ जना संक्रमित निको भएका छन् ।
गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले नेपालमा कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हाल ९४२ जना आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख ७ हजार ९२२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
The post बिहिबार थप ९७ जनामा कोरोना संक्रमण, हालसम्म तीन हजार १२ जनाले ज्यान गुमाए appeared first on Sajha Post.