काठमाडाैं, २६ फागुन । नेपालमा बुधबार थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको छ । त्यस्तै थप ६३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७१ लाख ५० पुगेको छ । गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म तीन हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हाल ९११ जना आइशोलेशन र ५५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख तीन हजार ४३८ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
The post बुधबार १०४ जनामा कोरोना संक्रमित थपिँदा, ६३ जना निको भए appeared first on Sajha Post.