Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बिग्रियो, फेरि कोमामा राखियो

$
0
0

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई फेरि कोमामा लगेर राखिएको छ । मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य अवस्था बिग्रिएपछि फेरि कोमामा लगेर राखिएको हो ।

उनलाई भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । ५७ वर्षका जोशीलाई फागुन १३ गते मस्तिष्कघात भएको थियो । अहिले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । जोशीको स्वास्थ्य अवस्था गत शनिबारदेखि बिग्रेको हो ।

जोशीको स्वास्थ्य अवस्था बीचमा अलिकति राम्रो पनि देखिएको तर शनिबारदेखि फेरि भेन्टिलेटरको सपोर्टमा राख्नुपरेको डाक्टरले बताएका छन् । जोशीको डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ।

The post पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बिग्रियो, फेरि कोमामा राखियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles