Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मैले भनेजस्तो भएन भने फेरि अनसन बस्छुः गोविन्द केसी

$
0
0

काठमाडौं, २७ फागुन । डाक्टर गोविन्द केसीले आफूले भनेजस्तो भएन भने फेरि अनसन बस्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर केसीले अवैध रूपमा अघि बढाइएको निजी मेडिकल कलेजलाई दिने सम्बन्धनको प्रक्रिया तत्काल रोक्न माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।

एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम अवैध भएको उनको भनाई छ । चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध भएको उनको तर्क छ ।

डाक्टर केसीले विज्ञप्ती निकालेर यो कदम नरोके आफू फेरि अनसन बस्ने बताएका छन् । उनले भनेका छन्, – प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ।

कानुनअनुसार पहिल्यै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कुनै पनि विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उनले बताएका छन् ।

The post मैले भनेजस्तो भएन भने फेरि अनसन बस्छुः गोविन्द केसी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles