मुख गन्हाउने समस्या देखा परेमा शुद्ध हलुका र सुपाच्य भोजन गर्ने, जिव्रो माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने गरेमा पनि दुर्गन्ध कम हुन्छ ।
सफासग धोएको काचो पालुङ्गो र बन्दा चपाएर विहान बेलुका खाने गर्नाले पनि राहत मिल्ने चिकित्सकहरु बताउछन । आधा चम्चा सुठोको धुलो विहान बेलुका खाना पछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउछ । खाना पछि तुलसी पत्ता, पुदिन र काँचो सलगम चवाएर खाने गर्नाले पनि समस्या समाधान हुन्छ । कागती र अमलाको प्रयोग बढाएमा पनि दुर्गन्ध कम हुन्छ ।
यी बाहेक सबैभन्दा बढी प्रयोग पानीकै हुन्छ । प्रसस्त पानी पिउनी व्यक्तिको पाचन प्रकृयालाई नियमित गराउछ । मुख सुख्खा भयो भने पनि मुख गनाउछ । त्यसैले थोरै थोरै भएपनि पानी पिइ राख्नु राम्रो हुन्छ । त्यस्तै ‘टङ क्लिनर’ले बिहान जिब्रो सफा गर्ने र विहान खाना खाएपछि र सुत्नु अघि ब्रस र मन्जनले दाँत सफा गर्ने, रगत र पिप आउनबाट रोक्नका लागि कागती मह मिलाएर गिजा सफागर्ने, कागती र पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर विहान बेलुका मुख कुल्ला गर्ने गरेमा पनि समस्या समाधान हुनसक्छ । त्यसबाहेक सुगन्धीत फलहरु जस्तौ ल्वाङ, सुकमेल, अलैची मुखमा राख्नाले पनि दुर्गन्ध कम हुन्छ ।
भिटामिन सि डिफिसेन्सीको कारणले पनि मुख गन्हाउछ । त्यस्तै क्याल्सियमको कमीले पनि यस्तो समस्या देखापर्छ । भिटामिन सि र क्याल्सियम बढाउने खाद्य पदार्थको सेवन गर्नु उ्त्तम हुन्छ ।तर बढी अपाच्य खानेकुरा नखाने, तारेको पिरो मसलादार र चटपटे बस्तु नखानु नै राम्रो हुन्छ । धेरै गुलियो, खाद्य पदार्थबाट टाढै रहने, चिया, कफि, रक्सी, माछा, मासु कम खाने र खाईसकेपछि राम्ररी दाँत जिव्रो सफा गर्ने र पानी प्रसस्त खानु फाइदा जनक हुन्छ ।
The post सास गन्हाउने समस्या छ ? यसो गर्नुहोस् appeared first on Sajha Post.