भीडभाड र तनावपूर्ण जीवनका कारण ओछ्यानमा पुगेपछि निद्रा नलाग्ने समस्या आम बन्दै गइरहेको छ । यहाँ निन्द्रा नलाग्ने के गर्ने भन्नेबारेमा केही टिप्सहरु प्रस्तुत गरिएको छ-
– सुत्ने बेलामा मोबाईल, ल्यापटप, टिभी जस्ता इलोक्ट्रोनिक साधन बन्द गर्नुस् ।
– सुत्नु अघि अल्कोहलजन्य पदार्थको सेवन नगर्नुस् ।
– निन्द्राको समस्या भोगिरहनु भएको छ भने बिहान सबेरै उठ्ने बानी पार्नुस् । यसले केही हदसम्म समस्या दूर गर्छ ।
– साँझको समयमा दिनभरीका कामको तनाव, समस्या आदिको बारेमा सोँच्न बन्द गर्नुस् ।
– बिहान अथवा बेलुका केही समय हिड्ने, दौडने, स्वीमिङ, योगा जस्ता शारीरिक व्यायाम तथा क्रियाकलापमा सहभागी हुनुस् ।
– सुत्नु भन्दा ३० मिनेट अगाडि तातो रस, सुप, झोल पिउने बानी गर्नाले मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।
The post निन्द्रा नलाग्दा के गर्ने ? appeared first on Sajha Post.