Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बाइडेनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता

$
0
0

एजेन्सी, ८ माघ । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्बन्धलाई निरन्तरता दिएका छन् ।

उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो । बाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ ।

अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन् ।

विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्बन्धलाई जोडेको बताएको हो ।

The post बाइडेनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles