Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहीबार थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि

$
0
0

काठमाडाैं, ८ माघ । नेपालमा बिहीबार थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म १९ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २२६ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म २ लाख ६२ हजार ८६८ जनाले कोरोना जितेका छन् ।

नेपालमा हाल ३७ सय ९९ जना आइशोलेशनमा छन् भने १७२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ३१ हजार ७५६ वा पिसिआर परिक्षण गरिएको छ ।

The post बिहीबार थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles