काठमाडौं, २२ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ४९५ जना संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
बितेको २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ भने २ लाख ५६ हजार १६१ जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।
The post ४०९ कोरोना संक्रमित थपिए, ६ जना संक्रमितको मृत्यु appeared first on Sajha Post.