काठमाडौं, २२ पुस । बेलायतमा फेला परेको नयाँ कोरोनाबाट संक्रमित तीनजना मानिस नेपालमा पनि भेटिएको आशंका गरिएको छ ।
बेलायतबाट फर्केका तीनजनामा बेलायती भेरिएन्ट (बी-११७) कोरोना भाइरस भएको आशंका गरिएको हो । आशंका गरिएका ती संक्रमितहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत भेटिएको हो । नूमना परीक्षणको क्रममा एसजिन नेगेटिभ देखिएपछि बी-११७ हुनसक्ने सम्भावना बढेको जनाइएको छ ।
आशंकासँगै यसको पुष्टिका लागि सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमूना पुर्याइसक्ने योजना बनाएको छ । सरकारले एसजिन नेगेटिभ देखिएकाको मात्रै नमूना विदेश पठाउने तयारी थालेको हो ।
बी-११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
The post नेपालमा पनि नयाँ कोरोना संक्रमित फेला परेको आशंका appeared first on Sajha Post.