Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

$
0
0

काठमाडाैं, ३ पुस । नेपालमा शुक्रबार थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म १७ सय ६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप एक हजार २९ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४१ हजार ३९२ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ९ हजार ३१७ जना आइशोलेशनमा रहदा ४२७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० वटा पिसिआर गरिएको छ ।

 

The post शुक्रबार थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles