Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

उपत्यकामा घट्दै कोरोना संक्रमित, सोमबार ४४२ संक्रमित थपिए

$
0
0

काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर घटिरहेको छ । सोमबार उपत्यकाका तीन जिल्लामा गरी ४४२ जना नयाँ संक्रमित थपिएका छन् । यी मध्ये १८८ जना महिला र २५४ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ७४, भक्तपुरमा ४४४ र ललितपुरमा १ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् ।

बितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार अपरान्ह अद्यावधिक गरिएको सूचनाका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।

सोमबार १ हजार १४ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ६२८ जना संक्रमित निको भएका छन् ।

सोमबारसम्म २ लाख ४१ हजार ९९५ जना संक्रमित भेटिएकोमा २ लाख २७ हजार ४३३ जना कोरोनामुक्त भइसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

The post उपत्यकामा घट्दै कोरोना संक्रमित, सोमबार ४४२ संक्रमित थपिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles