काठमाडौं, २२ मंसिर । बितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार अपरान्ह अद्यावधिक गरिएको सूचनाका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।
सोमबार १ हजार १४ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ६२८ जना संक्रमित निको भएका छन् ।
सोमबारसम्म २ लाख ४१ हजार ९९५ जना संक्रमित भेटिएकोमा २ लाख २७ हजार ४३३ जना कोरोनामुक्त भइसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।
हालसम्म नेपालमा १७ लाख ९० हजार ७३९ पिसिआर परीक्षण भएको छ । सोमबारसम्म आइसोलेसनमा रहेको संख्या १२ हजार ९४८ रहेको छ भने क्वारेन्टिनमा ५२७ जना रहेका छन् ।
The post सोमबार कोरोनाबाट २० जनाको मृत्यु, १०१४ संक्रमित थपिए appeared first on Sajha Post.