Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु

$
0
0

बाँके, ३० कात्तिक । बाँकेमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलौरी नगरपालिका–२ कञ्चनपुरका ३० वर्षका पुरुषको आइतबार विहान साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

कात्तिक २३ गते अस्पताल भर्ना भएका उनमा २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा न्युरोसम्बन्धी समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यस्तै भजनी नगरपालिका–८ कैलालीका ६५ वर्षका पुरुषको शनिबार राति १०ः५० बजे भेरी अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि कात्तिक २१ गते टीकापुर अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको भएको थियो ।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि २८ गते थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

The post बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles