धरान, ३० कात्तिक । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाकी २५ वर्षीया महिलाको रहेको प्रतिष्ठानले जनाएको छ ।
यही कात्तिक २६ गते अस्पतालमा भर्ना भएकी ती महिलामा २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको बताइएको छ । प्रतिष्ठानका अनुसार ती महिलामा अन्य कुनै पनि दीर्घ रोग थिएन ।
The post बिपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.