Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थपिए २९०९ कोरोना संक्रमित, ४५०० जना निको हुँदा १८ जनाको मृत्यु

$
0
0

काठमाडौं, २१ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ५०० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको  हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

शुक्रबारसम्म १ हजार २५४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३४ हजार ९०५ जना आइसोलेसनमा रहेका छन् । आजसम्म कुल १५ लाख १७ हजार ३४३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०७० पुगेको मन्त्रालयले जनाएको छ ।

The post शुक्रबार थपिए २९०९ कोरोना संक्रमित, ४५०० जना निको हुँदा १८ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415