Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए १३३८ कोरोना संक्रमित

$
0
0

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडौं, २१ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार गराएको जानकारी अनुसार ५७० महिला र ७६८ पुरुष गरी १३३८ जनामा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १०३० जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २९०९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार नाघेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए १३३८ कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles