Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार थपिए २८५६ कोरोना संक्रमित, ३३३६ जना निको हुँदा ५ जनाको मृत्यु

$
0
0

काठमाडौं, ९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

आइतबारसम्म ३ हजार ६४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ४५ हजार ५७२ जना आइसोलेसनमा रहेका छन् । आजसम्म कुल १३ लाख ९३ हजार १७३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ५ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४७ पुगेको मन्त्रालयले जनाएको छ ।

The post आइतबार थपिए २८५६ कोरोना संक्रमित, ३३३६ जना निको हुँदा ५ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles