काठमाडौं, ९ कात्तिक । काठमाडौं उपत्यकाभित्र बितेको २४ घन्टाभित्र १५ सय ३५ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा उपत्यकाभित्र ६ सय २९ महिला र ९ सय ६ पुरुष संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
उपत्यकामा कुल २३ हजार ७ सय ५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको आधा भन्दा बढी संख्या हो । देशमा हाल ४५ हजार ५ सय ७२ जना सक्रिय कोरोना संक्रमित छन् ।
उपत्यकाभित्र काठमाडौंमा १९ हजार ८ सय २६, ललितपुरमा १४ सय ९४ र भक्तपुरमा २४ सय ३० सक्रिय संक्रमित छन् ।
हालसम्म काठमाडौं उपत्यकामा हालसम्म ३ सय तीन जना कोरोना भाइरसको संक्रमितको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा एक सय ९३, भक्तपुरमा ५६ र ललितपुरमा ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
The post उपत्यकामा आइतबार थपिए १५ सय ३५ कोरोना संक्रमित appeared first on Sajha Post.