Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाबाट पोखरामा थप ४ जनाको मृत्यु

$
0
0

पोखरा, ९ कात्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार विहान दिएको जानकारी अनुसार मृत्यु हुनेमा ३ पुरुष र १ महिला रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका १५ की ५२ वर्षीया महिलाको गएराति १०ः२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा उपचारका क्रममा मृत्यु भएको हो । ८ गते विहान कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएकी ती महिलामा कोरोनासहित निमोनिया र एआरडिएसको समस्य रहेको बताइएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका-१ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ७ गते बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । कोभिड-१९ सहित निमोनियाको समस्या रहेका ती पुरुषमा ३ गते कोरोना पुष्टि भएको थियो भने ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यस्तै पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको ८ गते बिहान ०९:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । कोभिड-१९ सहित निमोनयाको समस्या रहेका ती पुरुषमा ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो र ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको ८ गते दिउसो ४:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा मृत्यु भएको हो । कोभिड-१९ सहित निमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेका ती पुरुषमा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो र ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

योसँगै गण्डकी प्रदेशमा मृतकको संख्या ६३ पुगेको छ ।

The post कोरोनाबाट पोखरामा थप ४ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles