मूला स्वादिलो खानेकुरा भएकाले यसलाई पकाएर वा काँचै जसरी पनि सेवन गर्न सकिन्छ । कतिपय मानिसहरुले खाना खाँदा सँगसँगै मूला पनि खाने गर्छन् । यो राम्रो बानी हो किनकी मूला स्वास्थ्यका लागि धेरै लाभदायक खानेकुरा हो । यसका मुख्य फाइदाहरु यस्ता छन् :
१. थकान र मोटोपनाको समस्या हटाउन दैनिक मूला खान सकिन्छ । यसका साथै निद्रासँग जोडिएका समस्याका लागि पनि मूला प्रभावकारी साबित हुन्छ । मोटोपनाबाट राहत पाउन मूलाको रसमा नुन र कागती मिसाएर दैनिक सेवन गर्ने गर्नुपर्छ । यसरी खाँदा लामो समयसम्म भोक नलाग्ने भएकाले यो धेरै फाइदाजनक छ ।
२. मूलामा भिटामिन सी, फोलिक एसिड र एन्थोकाइनिक तत्व पाइन्छन् जसले क्यानसरलाई टाढा राख्न मद्दत गर्छ । यसले किड्नी र पेटको क्यानसर हुनबाट जोगाउँछ ।
३. हरेक दिन मूलामा मरिच राखेर खाने गर्दा भोक नलाग्ने समस्या कम हुँदै जान्छ ।
४. यसमा पाइने भिटमिन ए ले हाम्रो दाँतलाई पनि बलियो बनाइराख्न मद्दत गर्छ ।
५. पेट खराब हुँदा अमिलो डकार वा अमिलो पानी आएमा पनि मूला खाँदा धेरै राहत मिल्छ ।
६. कब्जियत भएकाहरुलाई मूला धेरै राम्रो औषधि हो । यसका बिरामीले बिहान बेलुकै कुनै पनि रुपमा मूलाको सेवन गरिरहनुपर्छ । यसले कब्जियतबाट पूर्ण रुपमा मुक्ति दिलाउन सक्छ ।
७. यसले हाम्रो आँखाको क्षमता बढाउनुको साथै रक्तचापलाई पनि नियन्त्रित गराउन मद्दत गर्छ ।
८. मूला खाँदा ग्यासको समस्याबाट पनि बच्न सकिन्छ । यसको नियमित सेवन गर्दा पेटका किराहरु मर्ने भएकाले पेटका लागि यो अत्यन्तै लाभदायक खानेकुरा हो ।
The post मूला काँचै खाए पनि फाइदा, पकाएर खाए पनि फाइदा appeared first on Sajha Post.