Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए १६९८ कोरोना संक्रमित

$
0
0

काठमाडौं, २ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १ हजार ४६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा १३० र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २९४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए १६९८ कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles