Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार थपिए २९४२ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

$
0
0

काठमाडौं, २ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

आइतबारसम्म ४ हजार ८३१ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३९ हजार ३४१ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १२ लाख ८३ हजार ३५४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १२ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३९ पुगेको मन्त्रालयले जनाएको छ ।

The post आइतबार थपिए २९४२ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images