बच्चा आमाको गर्भमा रहेको अवस्थामा उसले आमाको खानपानबाट नै आफुलाई आवश्यक पोषण प्राप्त गरिरहेको हुन्छ । तर, बच्चा जन्मेपछि उसको खानपानमा आमालगायत सम्पूर्ण परिवारले धेरै सावधानी अप्नाउनुपर्छ । सामान्य खानपिनबाट बच्चाहरुको शारीरिक तथा मानिस स्वाथ्य एवम् विकासमा नकरात्मक असर पर्ने गर्छ ।
बच्चा तीन वर्षको नहुँदासम्म उसले खाएका खानाहरुले बाँकी जीवन र बानी व्यवहारहरुमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यसैले तीन वर्षसम्म उनीहरुको पोषणमा विशेष ध्यान पुर्याउन आवश्यक छ ।
सबैभन्दा उत्तम उपाय बच्चा जन्मेको पहिलो छ महिनासम्म उसलाई आमाको दूधमात्र खुवाउनुपर्छ । यसबाट उसलाई सम्पूर्ण आवश्यक तत्वहरु प्राप्त भइरहेको हुन्छ ।
बच्चा छ महिना पूरा भएपछि उसलाई उमालेर सेलाएको पानी चम्चाबाट पिलाउनुपर्छ । बिस्तारी त्यसको मात्रा बढाएर साना ग्लासहरुबाट पिलाउनु पर्छ ।
ध्यान दिनुपर्ने कुरा कुनैपनि उमेर समूहका बच्चाहरुलाई बोतलबाट दुध या पानी पिलाउनु हुँदैन ।
छ महिनापछि बच्चाहरुको आहारामा बिस्तारै सामान्य खाद्यवस्तुहरु मिसाउनुपर्छ । जस्तै घरमा बनाएको दाल, चामलको खिर थोरैथोरै खुवाउनुपर्छ ।
छ महिनापछि दूधमा कोलालाई मिसाएर खुवाउनुपर्छ । त्यसका साथै स्याउ, मेवा र आँपजस्ता फलहरु पनि उनीहरुको आहारामा समावेश गर्नुपर्छ ।
सात महिनापछि बच्चाहरुलाई राम्ररी पकाएको सब्जि खानामा मसिनो मुछेर वा दहीको साथ मुछेर खुवाउनुपर्छ ।
सात, आठ महिनाको भएपछि दाल वा खिचडीँलाई राम्ररी पकाएर र मुछेर खुवाउनुपर्छ ।
बच्चा नौ महिनाको भएपछि गाई वा भैसींको दुधलाई ग्लासमा राखेर दिनुपर्छ । बच्चाले दुध जबसम्म पिउँछ त्यसलाई जारी राख्नुपर्छ । र एक वर्ष पुगेपछि बच्चालाई सन्तुलित एवम् पूर्ण आहारा दिनुपर्छ ।
The post तीन वर्षसम्म बच्चालाई के ख्वाउने र के नख्वाउने ? appeared first on Sajha Post.