सेतो चम्किलो दाँतले मानिसको स्वास्थ्यलाई मात्र नभएर सुन्दरता र उसको व्यक्तित्वलाई पनि निखारीरहेको हुन्छ । तर धेरैजसो मानिस आफ्नो दाँतको पहेलोपनाबाट एकदमै चिन्तित रहने गर्छन् ।
मुहार जति राम्रो भएपनि मुस्कुराउँदा पहेलों दाँत देखियो भने त्यसले तपाईको पूरै सुन्दरतामा नै दाग लगाउँछ । यदि तपाई यो समस्याको हल गर्नलाई दन्त चिकित्सककोमा जानुहुन्छ भने यो एकदमै खर्चिलो र झन्झटिलो हुन्छ । तर यो समस्याका विकल्प बाहिरमात्र नभएर तपाई हाम्रै घरभित्र पनि पाउन सकिन्छ । यसका लागि सातवटा घरेलु उपायहरु छन् ।
१. स्ट्रबेरीमा भिटामिन सि पाइन्छ, जसमा अम्लिय पदार्थ ज्यादा भएकोले तपाईको दाँत चम्काउन मद्दत गर्दछ । यसका लागि तपाईले स्ट्रबेरीलाई नुनसँग मिचेर दाँतको सफाई गर्नुपर्छ ।
२. निबुको ब्रोका पनि केहि समय दाँतमा घस्दा यसबाट दाँतको पहेँलोपना भाग्छ ।
३. नुनलाई पेस्टमा राखेर दाँत मोल्दा दाँत चम्कन्छ ।
४. दैनिकरुपमा एउटा स्याउ खानुभयो भने त्यसले दाँतमा घस्रण पैदा गर्छ जसले दाँतमा अड्केका कुराहरुलाई बाहिर निकाल्ने काम गर्दछ ।
५. खाने बेकिङ सोडालाई एकचिम्टी टुथपेस्टमा राखेर मोल्दा पनि दाँतमा चमक आउँछ ।
६. नरिवलको तेलको एकचम्ची मुखभित्र राखेर १०/ १५ मिनेट कुल्ला गरेर त्यसलाई फ्याँकेपछि ब्रस गर्नुहोस् । यसले दाँत सेतो हुन्छ ।
७. तुलसीको पातलाई सुकाएर त्यसको पाउडर बनाएर पेस्टको रुपमा प्रयोग गर्नुभयो भने यसले दाँतलाई चमक दिनुका साथै स्वस्थ बनाउने काम गर्दछ ।
तर यी सबै उपायहरु तपाईले रातको समयमा खानापछि अप्नाउनुपर्ने हुन्छ ।
The post दाँतको पहेलोपन हटाउन राती-राती गर्नुहोस् यी सात काम appeared first on Sajha Post.