Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पिसिआर परीक्षणको शुल्क घट्यो

$
0
0

काठमाडौं, २८ भदाै । सरकारले देशभरका सबै अस्पतालमा पिसिआर परीक्षणको शुल्क घटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विश्वबजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मुल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको जानकारी दिए।

सरकारले पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेको थियो। पछि सो शुल्क परिमार्जन गर्दै बढीमा ४ हजार ४ सयसम्ममा शुल्क लिन सकिने निर्णय गरेको थियो ।

The post पिसिआर परीक्षणको शुल्क घट्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles