काठमाडौं, २८ भदौ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ५९७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४८३ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी, ललितपुरका ३३ र भक्तपुरका ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै काठमाडौं उपत्यकामा कोरोना सङ्र्कमित को सङ्ख्या ११ हजार भन्दा बढी पुगेको छ ।
The post काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिए appeared first on Sajha Post.