Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

२४ घण्टाभित्र थप १४ संक्रमितको मृत्यु

$
0
0

काठमाडाैं, २७ भदाै ।  पछिल्लो  २४ घण्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  मृत्यु हुनेमा ३ महिला र ११ जना पुरुष रहेको बताइएको छ ।

मृत्यु हुनेमा काठमाडौंका तीनजना ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला रहेका छन् ।

यस्तै स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

याेसमेत देशभर संक्रमणबाट मृत्यु हुनेकाे संख्या तीन सय ३६ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

The post २४ घण्टाभित्र थप १४ संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles