Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित

$
0
0

काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार १७१ महिला र २६० पुरुष गरी ४३१ जनामा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७७ जनामा कोरोना संक्रमण देखिएको छ भने ललितपुरमा ३७ र भक्तपुरका १७ जनामा संक्रमण पुष्‍टि भएको छ ।

पछिल्ला दिनहरुमा काठमाडौंमा संक्रमणको दर व्यापक रुपले बढेको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १२०१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles