काठमाडौँ, २७ भदाै । नेपालमा शनिबार थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालय प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार इलामका १, उदयपुरका १, ओखलढुंगाका १, झापाका १, मारेङका ५८, सुनसरीका १४, धनुषाका १, पर्साका १०, बाराका १५, महोत्तरीका ८, रौतहटका ४, सप्तरीका १०, सर्लाहीका ८३, सिराहाका ७, काठमाडौँका ३ सय ७७, काभ्रेपलान्चोक २, चितवनका ९२, दोलखाका १, भक्तपुरका १७, मकवानपुरका १०७, रामेछापका ७, ललितपुरका ३७ र सिन्धुपाल्चोकका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यस्तै सिन्धुलीका १, कास्कीका ३५, गोरखाका ६, तनहुँका १, नवलपरासीपूर्वका ५१, लकजुङका १, बागलुङका ३, स्याङ्जाका ७, अर्घाखाँचीका ३, कपिलवस्तुका २२, दाङका २४, नवलपरासीका ३, पाल्पाका ९, प्यूठानका १, बर्दियाका १८, बाँकेका ३२, रुकुम पूर्वका २, रुपन्देहीका ८१, रोल्पाका ८, दैलेखका ४, सुर्खेतका १८, कञ्चनपुरका ८, कैलालीका ४, डडेल्धुराका २ र डोटीका १ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ।
The post शनिबार थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ? appeared first on Sajha Post.