काठमाडाैं, २६ भदाै । नेपालमा पछिल्लो समय कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ । गत २४ घण्टामा थप पाँच जनाको ज्यान गएको छ । योसहित हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार देशभर ५ जना, बुधबार र मंगलबार ६-६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।देशभर पछिल्लो २४ घण्टामा १ हजार ४५४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ७१ प्रतिशत रहेको छ ।
The post कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा, ७१ प्रतिशत डिस्चार्ज appeared first on Sajha Post.