काठमाडौं, २६ भदौ । कोरोना संक्रमणले भयावह रुप लिन थालेको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार नयाँ थपिने संक्रमितको बारेमा जानकारी गराइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ६२० जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी भक्तपुर र ललितपुरमा समान ३८/३८ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाएर व्यापार व्यवसाय तथा सवारी साधन सञ्चालन गर्न दिइएको भोलिपल्टै संक्रमणको दर ह्वात्तै बढेको हो ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १४५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
The post काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो, एकैदिन थपिए ६९६ संक्रमित appeared first on Sajha Post.