काठमाडौं, १५ भदौ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । सोमबारसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ भने १८ हजार १२२ जना संक्रमित रहेका छन् । सोमबार ७६८ जना निको हुँदा १ हजार ६९ जना संक्रमित थपिएका छन् ।
नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।
The post बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु appeared first on Sajha Post.