Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तपाईंको शरीरको प्रतिरोध क्षमता कस्तो छ ? के गर्ने, के नगर्ने ?

$
0
0

कोरोना महामारीको समयमा शरीरबारे कुरा हुँदा धेरैजसो प्रसंग रोग प्रतिरोधात्मक क्षमताबारे हुन्छ । हाम्रो शरीरको यही क्षमताले हामीलाई विभिन्न रोगबाट बचाउँछ । यसले भाइरस, ब्याक्टेरिया, फंगस जस्ता टक्सिनहरुसँग लड्छ र हामीलाई चिसो, खोकी, रुघा जस्ता भाइरल संक्रमणबाट टाढा राख्छ ।

हाम्रो प्रतिरोधात्मक क्षमता बलियो रहेकै कारण फोक्सो, मृगौला र मुटु जस्ता अंगहरुलाई रोगबाट टाढा राख्ने पनि प्रतिरोधात्मक क्षमता नै हो ।

कोरोना संक्रमणलाई लिएर सुरुवातदेखि जसको प्रतिरोधात्मक क्षमता बलियो छ, उसलाई महामारीको खतरा कम हुन्छ भनिँदै आएको छ । यही कारण सबै चिकित्सक, विशेषज्ञ र स्वास्थ्य संस्थाहरुले इम्युनिटीलाई बलियो बनाएर राख्न सल्लाह दिँदै आएका छन् ।

हाम्रो वरिपरि कयौं प्रकारका संक्रामक तत्व वा एलर्जी गराउने वा हाम्रो स्वास्थ्यलाई हानी पुर्‍याउने जस्ता तत्वहरु हुन्छन् । हामीलाई थाहा नै हुँदैन कतिबेला खानपान वा श्वास हुँदै तिनीहरु हामीभित्र प्रवेश गर्छन् ।

प्रदुषणले भरिएको वातावरणमा श्वास लिनेक्रममा हामीले हानिकारक तत्वहरु लिइरहेका हुन्छौं । यस्तो हुँदाहुँदै पनि हामी बिरामी परिरहेका छैनौं भने यसको पछाडिको प्रमुख कारण हो हाम्रो प्रतिरोधात्मक क्षमता ।

जसको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, उसलाई मौसम परिवर्तन हुँदा पनि केही न केही स्वास्थ्यसम्बन्धी गडबढी देखिइहाल्छ । त्यसो त, रक्त परीक्षणबाट पनि थाहा हुन्छ, हाम्रो प्रतिरोधात्मक क्षमता कति छ भनेर । यो प्रणाली कमजोर हुँदा हामीलाई एकसाथ धेरै प्रकारका समस्याहरु देखिन सक्छन् ।
यी लक्षणहरु छन् भने प्रतिरोधात्मक क्षमता कमजोर हुनसक्छ-

धेरै रुघाखोकी लागिरहनु
प्रायः खोकी लागिरहनु वा घाँटी दुख्नु
निरन्तर थकाई लागिरहनु
शरीर आलस्य भइरहनु
लामो समयसम्म शरीरको घाउ निको नहुनु ।

प्रतिरोधात्मक प्रणालीको शरीरमा बिबिराहरु आउने जस्ता समस्या पनि हुनसक्छ ।
कमजोर प्रतिरोधात्मक क्षमताका अन्य संकेतहरु-

पटकपटक गिजा सुन्निनु
मुखमा घाउ आउनु
पिसाबसम्बन्धि समस्या, पखाला लागिरहनु
निद्रा नआउनु, डिप्रेशन हुनु
डार्क सर्कल देखिनु

सामान्य मौसम परिवर्तन हुनासाथ बिरामी हुनु प्रतिरोध क्षमताकै कारण हो । शरीरको तापक्रममा हुने तलमाथि पनि यस्तो हुनसक्छ । सामान्य प्रतिरोध क्षमता हुन शरीरको सामान्य तापक्रम ३६.३ डिग्री सेल्सियस हुनुपर्छ ।
रुघाखोकीको भाइरस ३३ डिग्रीमा बाँच्छ । शरीरको तापमान ठिक हुँदा यो मानव शरीरमा बाँच्न नसक्ने विशेषज्ञहरु बताउँछन् ।

हरेक दिन योग, व्यायाम गरेर पनि शरीरको तापक्रम ठिक गर्न सकिन्छ । यसबाट हाम्रो शरीरको प्रतिरोध क्षमता पनि बढ्छ । लसुन, अदुवा, दालचिनी, ल्वाङ जस्ता गर्मी गराउने मसलाहरु खानामा राख्दा पनि शरीरको तापक्रम सामान्य अवस्थामा कायम राख्न सकिने अनुसन्धानहरुले देखाएका छन् ।

त्यसो त, लामो समयसम्म ज्वरो नआउनु पनि राम्रो होइन । शरीरमा बढी तापक्रम हुँदा हाम्रो शरीरले राम्रोसँग काम गर्न पाउँदैन । कुनै संक्रमणपछि लामो समयसम्म ज्वरो आइरह्यो भने यो पनि कमजोर इम्युनिटीको समस्या हो ।

कोरोना महामारीको समयमा भिटामिन डीको महत्व धेरै मानिसले बुझ्न थालेका छन् । भिटामिन डीले हाम्रो प्रतिरोध क्षमता बलियो बनाउँछ । अत्यधिक मानिसमा यसको कमी हुन्छ । यसको सबैभन्दा सजिलो स्रोत घामको किरण हो । पहिला पहिला जाडो महिनामा मानिसहरु घाम ताप्थे । अब त त्यो पनि बाँकी रहेन ।

विकल्पको रुपमा भिटामिन डीको चक्की पनि खान सकिन्छ ।

रगतको परीक्षणमा भिटामिन डीको कमि देखियो भने सचेत रहनुपर्छ । किनकि यसको सम्बन्ध सिधै प्रतिरोध क्षमतासँग जोडिएको हुन्छ । यसलाई कायम राख्न घामको किरण, औषधि र विभिन्न खानेकुरा खानुपर्छ । यसको ट्याबलेट हुन्छ । दूधमा मिलाएर खाने पाउडर पनि हुन्छ । फलफूल, दूध जस्ता खानेकुरा नियमित खानाले पनि प्रतिरोध क्षमता बलियो राख्न सकिन्छ ।

The post तपाईंको शरीरको प्रतिरोध क्षमता कस्तो छ ? के गर्ने, के नगर्ने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles