Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

१२ जिल्लामा ५०० भन्दा संक्रमित अस्पतालमा, यस्तो छ ७७ जिल्लाको पछिल्लो अवस्था

$
0
0

काठमाडौं, १५ भदौ । नेपालमा १२ जिल्लामा ५०० भन्दा माथि कोरोना संक्रमितहरुले उपचार गराइरहेका छन् ।

५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, चितवन, रुपन्देही र ललितपुर रहेका छन् । सुनसरी सोमबार थपिएका हुन् ।

यस्तै दुईवटा जिल्लाहरुमा संक्रमितको संख्या शून्य रहेको छ । संक्रमितको संख्या शून्य रहेका जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पोजेटिभ संक्रमितमध्ये मृत्यूदर ०.६ रहेको छ । कुल परीक्षण गरेकामध्ये ५.७ प्रतिशतमा कोरोना संक्रमण देखिने गरेको छ । प्रति दश लाख जनसंख्यामा ७.८ जनाको कोरोनाबाट मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ७ हजार १२१ जना होम आइसोलेसनमा रहेका छन् भने १८४ जनाको अवस्था गम्भीर रहेको छ । अस्पतालको भेन्टिलेटर र आईसियुमा रहेर उपचार गरिरहेका गम्भीर बिरामीको संख्या प्रदेश १ मा ५ जना रहेका छ ।

त्यस्तै प्रदेश २ मा ३८ जना, बागमती प्रदेशमा ८३ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १९ जना आईसियु र भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

प्रदेशअनुसार कोरोना संक्रमितको अवस्था-

The post १२ जिल्लामा ५०० भन्दा संक्रमित अस्पतालमा, यस्तो छ ७७ जिल्लाको पछिल्लो अवस्था appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles