Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

खानै पर्दैन, छायाँमा बस्दा पनि फाइदा हुने निमका यी आठ फाइदाहरु

$
0
0

निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ। यहाँ निमको पातलाई प्रयोग गर्ने तरिका र फाइदाबारे उल्लेख गरिएको छ-

– निमको पात दहीसँग पिसेर दादमा लगाउँदा फाइदा मिल्छ।

– निमको सेवन रक्त शुद्धि, छालाका समस्या आदिमा उपयोगी हुन्छ।

– निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन।

– निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ ठीक हुन्छ।

– निमको ९-१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ।

– निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ।

– निमको पात हालेर पकाइएको पानीले स्नान गरेर छालाका रोगीले लाभ प्राप्त गर्न सक्छन्।

– निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा भाग्छन् भने निद्रा पनि राम्रो लाग्छ।
– विभिन्न स्वास्थ्यसम्बन्धी बेवसाइटको सहयोगमा

The post खानै पर्दैन, छायाँमा बस्दा पनि फाइदा हुने निमका यी आठ फाइदाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles